Advertisement Banner
Advertisement Banner

२९ आइतबार, असार २०८२16th June 2025, 6:20:04 am

दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते

२९ आइतबार , असार २०८२१२ घण्टा अगाडि

दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते

काठमाडौंबाट दाङ जाँदै गरेको लु.प्र ०२००१ ख ००४५ नम्बरको बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका अनुसार काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा तीन जन गम्भीर घाइते भएकाे बताइएकाे छ । गम्भीर घाइते भएकालाई बुटवल लगिएको र बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

बस दुर्घटनाका कारण खुल्न नसकेकाे र अहिले त्यसबारे अनुसन्धान भइरहेकाे जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांलीले जनाएका छन् ।