Advertisement Banner
Advertisement Banner

२९ आइतबार, असार २०८२16th June 2025, 6:20:04 am

छाउ गोठमा सर्पले टोकेर एक महिलाको मृत्यु

२९ आइतबार , असार २०८२११ घण्टा अगाडि

छाउ गोठमा सर्पले टोकेर एक महिलाको मृत्यु

कञ्चनपुरमा सर्पले टोकेर छाउ गोठमा बसेकि एक महिलाकाे मृत्यु भएकाे छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउपडी गोठमा सर्पले टोकेर महिलाको मृत्यु भएको हाे ।

गएराति सर्पले टोकेर छाउ गोठमा सुतेकी २८ वर्षीया कमला दमाईको मृत्यु भएकाे बताइएकाे छ । गएराति ८ बजे तिरको समयमा करेत जातको विषालु सर्पले डसेपछि कमलालाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे थियो ।

दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी कमला छिमेकीको घर नजिकैकाे छाउगोठमा सुत्न गएकाेबेला सर्पले टाेकेकाे स्थानीयले बताएका छन् । पक्की घर भएपनि अन्धविश्वास र गलत सामाजिक परम्पराका कारण छाउ गोठमा बस्न बाध्य उनकाे मृत्यु हुनु दुखद भएकाे बताइएकाे छ ।