Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अनावश्यक हर्न बजाए कारबाही

२७ शुक्रबार , असार २०८२एक बर्ष अगाडि

अनावश्यक हर्न बजाए कारबाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनावश्यक हर्न नबजाउन अनुरोध गरेको छ । केही समययता उपत्यकामा अनावश्यक हर्न बजाई ध्वनी प्रदूषण बढेको जनगुनासो आएको भन्दै यस्तो अनुरोध गरिएको हो ।

कार्यालयले एक सूचना जारी गर्दै अत्यावश्यक, विशेष परिस्थितिबाहेक अवस्थामा हर्न नबजाउन अनुरोध गरेको छ । ‘उपत्यकामा अनावश्यक हर्न बजाउँदा ध्वनी प्रदूषण भई ज्येष्ठ नागरिक, बालबालिका तथा सर्वसाधारणमा गम्भीर असर पर्ने भएको हुँदा अत्यावश्यक, विशेष परिस्थितिमा बाहेक हर्न प्रयोग नगर्नहुन सम्पूर्ण सवारी चालकहरुमा अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

साथै, अटेरी गरेर हर्न बजाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) ३ बमोजिम ध्वनी प्रदूषण गर्न नहुने कसुरमा कारबाही गरिने कार्यालयको चेतावनी छ ।