Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

उपाधि विजेता टोलीलाई क्यानले जनही ५० हजार रुपैयाँ दिने

२७ शुक्रबार , असार २०८२एक बर्ष अगाडि

उपाधि विजेता टोलीलाई क्यानले जनही ५० हजार रुपैयाँ दिने

मलेसियामा हालै सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट उपाधि विजेता नेपाली टोलीलाई नगद पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियलहरुलाई हौसलास्वरुप जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो ।

जुन २० देखि जुलाई ५ तारिखसम्म मलेसियामा भएको क्रिकेट प्रतियोगिताको फाइनलमा सिंगापुरलाई हराउँदै नेपालले उपाधि चुकेको थियो ।

प्रतियोगितामा नेपालसहित पूर्वी एसियाली मुलुकहरु भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाइल्याण्ड र सिंगापुर सहभागी थिए ।