
पहिराेका कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ । कालिगण्डकी गाउँपालिका–६, खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि उक्त करिडोर पूर्णरूपमा अवरुद्ध भएको हाे ।
करिडोरमा सडकमाथिबाट ठूला चट्टानसहितकाे पहिरो खसेपछि करिडोर सडक अवरुद्ध भएकाे बताइएकाे छ । अहिले पनि पहिराे खस्ने क्रम नरोकिएको र अवरुद्ध सडक खोल्न प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएपनि सम्भव नभएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।
पहिराे खसेकाे उक्त करिडाेरमा तत्काल पहिरो पन्छाउन असम्भव रहेको समेत जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जनाएका छन् । यता जिल्ला प्रशासन कार्यालयले नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।