Advertisement Banner
Advertisement Banner

२९ आइतबार, असार २०८२16th June 2025, 6:20:04 am

विविध कार्यक्रमका साथ विश्व जनसङ्ख्या दिवस मनाइँदै

२७ शुक्रबार , असार २०८२२ दिन अगाडि

विविध कार्यक्रमका साथ विश्व जनसङ्ख्या दिवस मनाइँदै

हरेक वर्ष जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवस यस वर्ष पनि विविध कार्यक्रमकाे आयाेजना गरि मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभन्न मुलुकमा मनाउने गरिएकाे हाे ।

विश्वको जनसङ्ख्या १ अर्ब पुग्न लाखौँ वर्ष लागेकाे र पछि २ सय वर्षमा विश्वको जनसङ्ख्या ७ गुणाले बढेकाे थियाे भने सन् २०११ मा विश्वको जनसङ्ख्या ७ अर्ब पुगेको राष्ट्रसंघले जनाएकाे छ । राष्ट्रसंघकाअनुसार २०२१ मा विश्वको जनसङ्ख्या ७ अर्ब ९० करोड पुगेको बताइएकाे छ ।  

त्यसपछि विश्वकाे जनसङ्ख्या निरन्तर वृद्धि भएसँगै सन् २०३० मा ८ अर्ब ५० करोड, २०५० मा ९ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ । एक अध्ययनअनुसार जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो सहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको बताइएकाे छ ।

उक्त अध्यनकाअनुसार विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेकाे देखिन्छ । 

१४ देशका १४ हजारभन्दा बढी मानिससँग गरेको सर्वेक्षणअनुसार प्रजनन उमेरका अधिकांश वयस्कले इच्छाअनुसार बच्चा नजन्माउनुको कारण बालबालिकाको हेरचाहमा समस्या, रोजगारीको असुरक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, महामारी, युद्ध र वातावरणीय क्षति लगायतका समस्या देखिएकाे राष्ट्रसंघले जनाएकाे छ ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मन्तव्य व्यक्त गर्दै निष्पक्ष, शान्तिपूर्ण र आशाले भरिएको विश्व निर्माण गर्न युवालाई साथ दिनुपर्नेमा जोड दिएका छन् ।