Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

त्रिविको वार्षिक साधारणसभा सम्पन्न

२६ बिहिबार , असार २०८२७ महिना अगाडि

त्रिविको वार्षिक साधारणसभा सम्पन्न

त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा सम्पन्न भएकाे छ । त्रिविको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गर्दै सभा सम्पन्न गरेकाे हाे ।

प्रधानमन्त्री एवं कुलपति ओलीकाे अध्यक्षतामा आज सम्पन्न बैठकले रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो । बैठकले आर्थिक वर्ष २०८२ /८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रधानमन्त्री एवं कुलपति ओलीले विश्वविद्यालयलाई २१औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रुपमा स्थापित गर्न आग्रह गरेका थिए भने शिक्षा, सहकुलपति एवं विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने र त्यसका लागि विश्वविद्यालयले साेहिअनुसार काम गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै आज सम्पन्न वार्षिक साधारणसभामा त्रिविका नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए ।