
झापामा भएकाे मोटरसाइकल दुर्घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । झापाको बाह्रदशी गाउँपालिका-१, खयरबारीमा भारतीय बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-०१६ प ९२७० नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएकाे हाे ।
उक्त दुर्घटनामा स्कुटर चालक र मोटरसाइकल चालक दुबैकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्कुटर चालक कचनकवल–३, डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारत जिल्ला किशनगंज डिघलबैक थाना करलाबारी-१४, बस्ने २७ वर्षीय सुरज टुडूको मृत्यु भएको हाे ।
अर्का गम्भीर घाइते श्रीप्रसादका नाति सात वर्षीय आयुष राजवंशीको उपचारको क्रममा मृत्यु भएकाे छ भने बुहारी २७ वर्षीया उर्मिलाको अवस्था गम्भीर रहेकाे बताइएकाे छ । उनकाे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।