
डडेलधुरा जिल्लाको परशुराम नगरपालिका–६ र ७ को सीमानामा रहेको साँदनी खोलाको बीच टापुमा फसेका दुई जनाको असार २५ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । उद्धार गरिएकाहरुमा सोही नगरपालिका ६ बस्ने १२ बर्षिया रितु भारती र २५ बर्षिया भुवनेश्वरी सिँह छन् ।
उनीहरु आज दिउँसो बाख्रा चराउन गएको बेला अविरल बर्षाको कारण उक्त खोलामा पानीको बहाव बढ्न गई खोलाको बीच टापूमा फसेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तातोपानी र साँदनीबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरुको सकुशल उद्धार गरेको हो । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।