Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, असार २०८२16th June 2025, 6:20:04 am

कारागारमा रहेका २२ जना कैदीबन्दीमा रुघा र ज्वरोको समस्या

२५ बुधबार , असार २०८२१७ घण्टा अगाडि

कारागारमा रहेका २२ जना कैदीबन्दीमा रुघा र ज्वरोको समस्या

चितवनको भरतपुर कारागारमा रहेका २२ जना कैदीबन्दीमा रुघा र ज्वरोको समस्या देखिएको छ । कारागारमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखिएको हो ।

अहिले कारागार कार्यालयमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखिएपछि उपचार सुरु गरिएको बताइएको छ । कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार रुघा र ज्वरोले समस्या देखिएपछि सङ्क्रमण फैलिन नदिने उद्देश्यले २२ जनालाई छुट्टै राखेर उपचार थालिएको बताइएको छ ।

मौसम परिवर्तनसंगै आएको वर्षातका कारण समस्या देखिएको सूचना अधिकारी ढुङ्गानाको भनाई रहेको छ । त्यस्तै सङ्क्रमित बिरामी, क्षयरोगीलगायत स्वास्थ्यमा समस्या देखिएका कैदीबन्दीलाई छट्टै राखेर उपचार थालिएको र रोग फैलन नदिनका लागि उच्च सतर्कता अपनाइएको समेत उनले बताएका छन् ।

अहिले कैदीबन्दीलाई सरसफाइ र खानपानमा ध्यान दिन आग्रह गरिएको र त्यहाँ क्षमताभन्दा बढी कैदीबन्दी हुँदा मौसममा आएको परिवर्तनसँगै महामारी फैलनसक्ने भएकाले आवश्यक सुरक्षाका लागि सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।

अहिले उक्त कारागारमा अहिले ७ सय १६ जना कैदीबन्दी र ४ जना आश्रित बालबालिका रहेका छन् । कारागारमा ३५ महिला र ४ सय ७० जना पुरुषको क्षमता रहेकामा हाल ४३ महिला र ६ सय ७३ जना पुरुष कैदीबन्दी रहेको समेत उनले बताएका छन् ।