Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, असार २०८२16th June 2025, 6:20:04 am

विभिन्न ८ प्रकारका बिरामीलाई दुई लाख बीमा रकम

२५ बुधबार , असार २०८२१८ घण्टा अगाडि

विभिन्न ८ प्रकारका बिरामीलाई दुई लाख बीमा रकम

आगामी आर्थिक वर्षको साउन १ गतेदेखि विभिन्न ८ प्रकारका बिरामीलाई रोगको उपचार गर्न २ लाख रुपैयाँ उपचार खर्च दिन भएको छ । स्वास्थ्य बीमा कार्यक्रममार्फत त्यस्ता बिरामीलाई २ लाख रुपैयाँ उपचार खर्च दिने भएको हो । 

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले उक्त सुविधा पाउने छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलका अनुसार क्यान्सर, मुटु रोग, मृर्गौला, हेड इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले उक्त सुविधा पाउने बताइएको छ । मन्त्री पौडेलले सामाजिक सञ्जालमा एउटा स्ट्याट्स लेख्दै बीमालाई परिस्कृत गरि आम नागरिकको पहुँच अभिवृद्धि गराउन मन्त्रालय निरन्तर प्रयासरत रहेको उल्लेख गरेका छन् ।

त्यसैगरी मन्त्रालयले बीमा रकम वृद्धि गर्नका लागि स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गरिसकेको छ भने बीमा कार्यक्रममार्फत ५ जनासम्मको परिवारले ३ हजार ५ सय रुपैयाँ बुझाएपछि १ लाख रुपैयाँ बराबरको औषधीउपचार पाउने व्यवस्था यसअघिनै गरेको छ । अब सरकारले ८ प्रकारका कडा रोगका बिरामीलाई भने थप राहत दिने उद्देश्यले १ लाख रुपैयाँ बढाइदिएको बताइएको छ  ।