Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, असार २०८२16th June 2025, 6:20:04 am

बाढीपहिरोले झन्डै एकदर्जन १० राजमार्ग अवरुद्ध

२५ बुधबार , असार २०८२२१ घण्टा अगाडि

बाढीपहिरोले झन्डै एकदर्जन १० राजमार्ग अवरुद्ध

मुलुकभर मनसुनी वायु सक्रिय हुँदा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले झन्डै एकदर्जन राजमार्ग रूपमा अवरुद्ध भएका छन् । वर्षा र बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको बताइएको छ ।

त्यसैगरी बाढी पहिरोका कारण अवरुद्ध भएको काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड, बागलुङ र गुल्मीको कालीगण्डकी करिडोर खण्ड, र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।