Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

प्रशानको नयाँ गीत ‘घर हाम्रो सोलुखुम्बु’ सार्वजनिक

२४ मंगलबार , असार २०८२६ घण्टा अगाडि

प्रशानको नयाँ गीत ‘घर हाम्रो सोलुखुम्बु’ सार्वजनिक

गीतकार तथा निर्देशक प्रशान एलुङ राईको नयाँ गीत बजारमा आएको छ । मियो नामक युट्युब च्यानलमार्फत उनले ‘घर हाम्रो सोलुखुम्बु’ गीत सार्वजनिक गरेका हुन् । प्रशानको शब्द, अनिल कोयी राईको पूर्वेली लयमा तयार भएको सोलुखुम्बुको परिचय बोल्ने गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर छ ।

गीतमा कलाकार हरि निरौला ‘कक्रोच’, बबिन राई ‘गल्फने बाजे’, क्रिसला तामाङ, भिमफेदी गाइजका निर्मल लामा र उनको टिमले अभिनय गरेका छन् । डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका राईले यसअघि ‘दिलैको दरबार’ र ‘साइँली’ मा आफ्नो कलात्मक खुबी देखाइसकेका छन् । गीत निर्माणमा १५ लाख बढी लगानी भएको निर्माण पक्षले जनाएको छ ।

आज राजधानीको सिटी सेन्टरस्थित बिग मुभिजमा गीतको प्रिमियर गरिएको छ । रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, पूर्वसांसद उत्तम बस्नेत, कांग्रेसका नेता प्रकाशसिंह कार्कीसहित काठमाडौँमा बसोबास गर्दै आएका दुई सय बढी सोलुखुम्बुबासीको उपस्थिति थियो ।

गीतमा सोलुखुम्बुको साविकको ३४ वटै गाविस र हालका ८ स्थानीय तहको नामसँग प्रेमलाई जोडिएको छ । सगरमाथासहितका हिमालहरू समीपमै देख्न सकिने जिल्ला भएकाले पनि ‘हितैको सोल्टिनी हिमाल हेर्न जाँउ’ शब्दले जोडिएको निर्माण पक्षले जनाएको छ । जिल्लाभित्रको प्राकृतिक सुन्दरता, पर्यटन, संस्कृति, रहनसहन र हिमाली तथा गाउँले जनजीवनलाई गीतको भावमा समेटिएको छ ।