Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२४ मंगलबार , असार २०८२७ घण्टा अगाडि

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

देशको विभिन्न भागमा आएको प्राकृतिक विपदबाट ज्यान धनको क्षति पुगेसंगै गृहमन्त्रालयले दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । आज बिहान रसुवामा आएको बाढीका कारण नागरिक सम्पार्कविहीन हुनाका साथै धनमालको क्षति भएपछी सोहि विषयलाई लिएर बैठक बोलाइएको हो ।

आज दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले दिउँसो मन्त्रालयमा उद्धार, खोज तथा राहत पुनः स्थापना विषय छलफल गर्नका लागि आकस्मिक केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् । गृहमन्त्रालयका अनुसार आज बिहान त्रिशूली नदीमा आएको बाढीमा फसेका दुईजनाको सकुशल उद्धार गरेको जनाइएको छ ।

आज बिहान भोटेकोसी नदीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुगेको छ भने १८ जना सम्पर्क बिहिन भएका छन् । जसमा ३ जना नेपाल प्रहरी, ९ जना नेपाली र ६ जना चिनियाँ मजदुर गरि १८ जना सम्पर्क बिहिन भएका हुन् ।