Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

त्रिविमा उपकुलपतिका लागि तीनजनाकाे नाम सिफारिस

२४ मंगलबार , असार २०८२९ घण्टा अगाडि

त्रिविमा उपकुलपतिका लागि तीनजनाकाे नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएकाे छ । सिफारिस गर्न गठित समितिले कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तीन जनाको नाम सिफारिस गरेको हाे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको उक्त समितिले तीनजनाकाे नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरुमा हालका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा. डा. विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. डा. दीपक अर्याल रहेका छन् ।

यसअघि उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले राजीनामा दिएको र उनकाे राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि चैत ३१ गते शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्म तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएकाे थियाे ।

त्यस्तै प्रधानमन्त्री तथा कुलपति ओलीले गत जेठ ६ गते शिक्षामन्त्री पन्तको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य र शिक्षा मन्त्रालयका सचिव रहेको सिफारिस समिति गठन गरेका थिए ।