Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकारका हजूरमा बिन्तिपत्रम् ।

२३ सोमबार , असार २०८२एक बर्ष अगाडि

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकारका हजूरमा बिन्तिपत्रम् ।

इतिहासकै गौरवपूर्ण राजन् !
शाह वंशकै एक मात्र चिरायु राजा सरकारको ७९औं शुभ जन्मोत्सव मनाउने सौभाग्य पायौं ! सरकार ! भक्तहरु नाच्दै गाउँदै रमाएर सभक्ति बधाई अभिवादन चधाई रहेका छन् सरकार। यो देव भूमि नेपालको स्वाभिमान् हो सरकार ! सतं जीव जीव राजन् !
 

किरातेश्वर मन्दिर र गौरीघाट विद्यमान रहेको श्लेषमान्तकवनको ईतिहासै हरायो। यहाँ पहिलो राजा गोठालो भयो भनि अरुले लेखाएको वंशावली घोकाए।  इतिहास शिरोमणिले पनि किरातहरुको राजा किरातेश्वर भनेनन्। गुलामी गरेरै मरी गए।
 

सप्तशती चण्डीको प्राधानिक रहस्यले स्पष्टै भन्यो - सृष्टिको प्रारम्भमा सूर्य चन्द्र तारा कुनै झिल्को सम्म पनि थिएन। कहाली लाग्दो त्यस अन्धकारमा एउटी नारी प्रकट भईन्। शक्ति माता भनेन, नारी नै भन्यो-
 

                      विशाललोचना नारी वभूव तनुमध्यमा।।८।।
शून्य अवस्थाको त्यो  अँध्यारो हटाउन एक्ली ती नारी आफै सूर्य वनिन् -
शून्यं तदखिलं स्वेन पूरयामास तेजसा ।।६।।
उज्यालो त भयो। टेक्ने बस्ने कहाँ ? पृथ्वी बनाईन् ।  सास फेर्ने हावा बनाइन्। पिउने पानी बनाइन्। त्यस पछि विना बाबुका तीन जोडी जन्माइन् -
 

ससर्ज मिथुनं त्रयम्।।१८।।
पहिलो स्वर सरस्वती  र ब्रम्हाले ब्रम्हाण्ड रुपी फुलपारे-
स्वरया सह संभूय विरिञ्चोण्डम् अजीजनत् ।।२७।।
त्यस अण्डालाई टुक्रा टुक्रा पारी गौरी र शंकरले पञ्चमहाभूतका प्राणीहरु बनाए-
विभेद भगवान् रुद्रसतद् गौर्या सह वीर्यवान्।
महाभूतात्मकं सर्वं जगत्स्थावरजङ्गमम् ।।२८।।
यी प्राणीहरुको पालन पोषण लक्ष्मी र नारायणले गरे-
पुपोष पालायामास तल्लक्ष्म्या सह केशब : ।।२९।।
 

अन्त्यमा सब कुरा छोडी मरी जानै पर्ने ब्यबस्था उमा महेश्वरले गरे-
 

सञ्जहार जगत् सर्वं सह गौर्या महेश्वर:।।२९।।
हे राजन् ! सर्वेश्वरी ती नारी नै विश्वकै एक्ली अजर अमर शक्ति बनिन्-
राजन् ! सर्वेश्वरी सा हि  शक्तिरुपा चाजा भवत् ।।३०।।
स्वाभिमानका यी यस्ता गौरवहरु पढाउने एउटा विश्वबिद्यालय नै चाहियो सरकार ! सरकारकै संरक्षकत्वमा  पुरातात्विक नेपाल विश्वबिद्यालय खोल्ने हुकुम पाऔं !
यहि ७९औं शुभ जन्मोत्सवको सम्झनामा सरकार जो निगाह !
 

अनन्य राजभक्त प्रजा
प्रा. डा. उत्तम कृष्ण कर्माचार्य
भक्तपुर नेपाल                              संबत् २०८२-०३-२३ शुभम्।