Advertisement Banner
Advertisement Banner

२३ सोमबार, असार २०८२16th June 2025, 6:20:04 am

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

२२ आइतबार , असार २०८२१७ घण्टा अगाडि

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

बालबालिकाका मनोरञ्जन र सिर्जनात्मक विकासमा केन्द्रित अनलाइन बालसंसार डटकमले ‘माछा खोलीमा’ गीत सार्वजनिक गरेको छ । गीतमा बालगायक अभय दुवाडीको स्वर रहेकाे छ ।

गीतमा संगीत संयोजन रमेश सुवेदीले गरेका हुन्। सुवेदीको संगीतले गीतलाई बालबालिकाका लागि आकर्षक छन् । गीतमा ललिता दोषीका शब्द छन् । बालबालिकाको जिज्ञासा, रमाइलोपन र प्रकृतिप्रतिको नजिकपनलाई सरल भाषामा गीतमा उतारिएको छ ।

‘माछा खोलीमा’ शीर्षक नै गीतको कथा बताउने खालको छ, जसमा खोली, माछा, पानी र खेलकुदलाई जोड्दै बालबालिकालाई प्रकृतिसँग घुलमिल हुने प्रेरणा दिन खोजिएको छ । गीतको रेकर्डिङ सारेगम म्युजिक सेन्टर रेकर्डिङ स्टुडियो भक्तपुरमा गरिएको हो ।

गीत रचनाकार दोषीका अनुसार ‘माछा खोलीमा’ गीतले बालबालिकालाई गीतसङ्गीतमार्फत रमाइलो गर्ने अवसर दिनुका साथै उनीहरूको कल्पनाशक्ति र भाषिक विकासमा सहयोग पुर्‍याउनेछ ।

यस गीतलाई बालसंसारको वेबसाइट र विभिन्न डिजिटल प्लेटफर्महरूमा सुन्न र हेर्न सकिनेछ ।