Advertisement Banner
Advertisement Banner

२३ सोमबार, असार २०८२16th June 2025, 6:20:04 am

कीर्तिपुरस्थित क्रिकेट मैदानमा सिट जडान कार्य सुरु

२२ आइतबार , असार २०८२एक दिन अगाडि

कीर्तिपुरस्थित क्रिकेट मैदानमा सिट जडान कार्य सुरु

कीर्तिपुरस्थित क्रिकेट मैदानमा सिट जडान कार्य सुरु गरिएको छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको बनाएर रातमा पनि खेल सञ्चालन गराउने लक्ष्यसहित गत फागुनदेखि काम सुरु गरिएको मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु गरिएको हो ।

रङ्गशालाको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदै छ । यसका लागि निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो, सेतो, खैरो, हरियो, नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान गरिने बताइएको छ ।

क्रिकेट मैदानको प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ ६, पूर्वतर्फ २ गरी ८ खण्डमा विभाजन गरिएको र प्रत्येक खण्डमा ६ सय ५२ कुर्सी राखिने बताइएको छ ।