
दाङमा बाघको छालासहित तीन जना प्रहरी फन्दामा परेका छन् । पाटे बाघको छालासहित गढवा गाउँपालिका-खवारीबाट ४१ वर्षीय विक्रम बुढामगर, राजपुर-१, का ५३ वर्षीय केशवराज सेन ठकुरी र बर्दियाका ३३ वर्षीय अनिल थारु प्रहरी फन्दामा परेका हुन् ।
इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बम र वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको संयुक्त टोलीले पाटे बाघको छालासहित तीन जनालाई पक्राउ गरेको बताइएको छ । उनीहरूको साथबाट प्रहरीले ९ फिट २ इन्च लामो, दुई फिट ३ इन्च चौडा भएको बाघको छाला बरामद गरेको हो ।
पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय लमहीले थप अनुसन्धानका लागि छालासहित डिभिजन वन कार्यालय, लमहीमा बुझाउने तयारी गरि रहेको प्रहरीले जनाएको छ ।