Advertisement Banner
Advertisement Banner

२३ सोमबार, असार २०८२16th June 2025, 6:20:04 am

माैसम बदलीदेखि हिमपात र भारी वर्षाकाे सम्भावना

२२ आइतबार , असार २०८२एक दिन अगाडि

माैसम बदलीदेखि हिमपात र भारी वर्षाकाे सम्भावना

अहिले देशभर मनसुनकाे प्रभावसँगै आंशिक बदलीदेखि हिमपात र भारी वर्षाकाे सम्भावना रहेकाे छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया आंशिक बदली रहनेछ ।

अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे बताइएकाे छ । 

त्यस्तै कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे छ भने उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाकाे भनाइ रहेकाे छ ।

त्यस्तै आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे छ ।

त्यसैगरि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा र उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।