Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

खुलामञ्चमा प्रधानमन्त्रीको श्राद्ध

०६ सोमबार , असार २०७३१० बर्ष अगाडि

असार ४ गते खुलामञ्चमा हेटोंडा निवासी राकेशकुमार शर्माले कालो कपडा लगाएर मन्त्री, प्रधानमन्त्री, सांसदहरुको श्राद्ध गरेर पिण्डदान गरेका छन्। यतिबेला शुक्रअस्त छ, शुभकार्य हुन्न तर देश र जनताप्रति गैरजिम्मेवार भएर अशुभ काममात्र गरेकाले प्रधानमन्त्रीलाई पिण्डदान गरेको शर्माले बताए।

मुलुकको स्वाधीनता धरापमा पार्ने यिनै हुन्, यिनले आन्दोलनकारीलाई समेट्न, सहमतिमा ल्याउन सकेनन्, द्वन्द्वको अन्त्य होइन बढाए, मुलुकले विकास र निकास पाएन, राष्ट्रिय एकता र अखण्डतामा आँच पुर्‍याए, हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष बनाए, त्यस्ता कूपात्रहरुको कूसमयमा जिउँदै श्राद्ध गरिएको  हो, उनको भनाइ छ। अगाडी उनले भने हामीलाई राष्ट्रवादी पृथ्वीनारायण अथवा जंगे चाहियो, यिनले देशको, जनताको रक्षा गर्नसक्दैनन्।

असोज ३ गते संविधान जारी भयो तर यो संविधान हात्ती आयो हात्ती आयो फुस्सा भयो। मुलुक झन अस्थिर बन्यो, भ्रष्ट र कूशासन मौलायो। संविधान फेल भयो, यसको बखान गर्नु बेकार छ। चीनमा नागरिकहरु अफिम खाएर सुत्थे, तिनीहरु जागे आज विश्वशक्ति बनेका छन्। नेपालीहरु पनि जाग्ने बेला भयो। श्राद्ध गर्ने राकेश यसै भन्छन् र उनले श्राद्ध गराउने गुरु उमानन्द भट्टराईलाई १ सय ५० दक्षिणा दिएका थिए। यस घटनाले पनि लोकतान्त्रिक भनिने नेताहरु कतिसम्म लोकविरोधी भइसकेछन् भनेर अनुमान गर्न सकिन्छ।