Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

एडिबीसँग ऋण नलिन मन्त्रीलाई साम्पाङको पत्र

१९ बिहिबार , असार २०८२एक बर्ष अगाडि

एडिबीसँग ऋण नलिन मन्त्रीलाई साम्पाङको पत्र

सुनसरीको धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङले एडिबीसँग ऋण नलिन खानेपानीमन्त्री प्रदीप यादवलाई पत्र लेखेका छन् । देशलाई विदेशी ऋणको भारी बोकाउनु उचित नहुने भन्दै उनले पत्र लेखेका हुन् ।

धरानमा खानेपानी समस्या समाधान गर्न संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा चार करोड विनियोजन गरेको तर बाँकी रकम एडिबीबाट ऋण लिने सुन्न आएको उनको भनाइ छ ।

उपमहानगरले पहिले लिएको एडिबीको ऋण तिर्न बाँकी रहेको जनाउँदै साम्पाङले राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अघि बढाउन अनुरोध गरेका छन् ।

‘धरान उपमहानगरपालिकाले पहिले लिएको एडिबीको ऋणसमेत तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनुहोला अन्यथा हामी आफैं खोला खोल्सीको पानी जोडेर गुजारा गरौंला भनी जानकारी गराउँछु,’ पत्रमा भनिएको छ ।