Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

१११ देशमा वैदेशिक रोजगारीमा जान पाइने

१७ मंगलबार , असार २०८२३ घण्टा अगाडि

१११ देशमा वैदेशिक रोजगारीमा जान पाइने

देशमा गरिखान नपाएपछि रोजगारीको खोजीमा भौंतारिएका नेपाली १११ देशमा पुगेका छन् । योभनदा बढी देशमा नेपाली हुनसक्छन् तर संस्थागत रुपमै सरकारले वैदेशिक रोजगारीका लागि ११ देशमा जान खुला गरेको हो । लुकिछिपी र दलालको चक्करमा परेर कुन कुन देशमा युवा गएका छन्, तिनको हालचाल के छ, सरकारलाई अत्तोपत्तो छैन । सरकार खाली रेमिटान्स बुझ्ने र गणतन्त्र चलाउने धन्दामा व्यस्त छ । सरकार नागरिकका लागि अभिभावकको भूमिकामा देखिदैन ।
सरकारले १६७० मेनपावर कम्पनीलाई अनुमति दिएको बताउँछ । तर योभन्दा बढी मेनपावर कम्पनीहरु युवा निकासी गरिरहेका छन् । भिजिट भिसा दलालीको अर्को काण्ड हो । श्रम स्वीकृति लिएर सबैभन्दा बढी खाडी मुलुक जाने गरेका छन् । खाडी मुलुकहरुमा कति नेपाली जेलमा छन्, समस्यामा छन्, मरेका छन् वा बाँचेका छन्, सरकारसँग कुनै तथ्यांक देखिदैन । पुरुषमात्र होइन, युवतीहरुको संख्या पनि लाखौंमा विदेशीएका छन् । अधिकांश युवाको अध्ययन र रोजगारीको रोजाई अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्यूजिलेण्ड, कोरिया भए पनि त्यता सम्भव नभएपछि खाडी भए पनि युवाहरु जाने गरेका छन् । नयाँ रोजाइमा दुबई पनि एक हो । तर हालैको भिजिट भिसा प्रकरणले दुवईले भिसामा कडाइ गरेको छ ।
वैदेशिक रोजगारीमा गएका नेपाली आप्रवासी कामदार र तिनका परिवारलाई लक्षित गरी विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन हुँदै आएका छन्। तर त्यसमा पहुँचवालाकै रगरगी देखिन्छ । कतिपय दलालमार्फत र श्रम स्वीकृति नलिइ गएकाहरुको मृत्यु भए पनि तिनले राज्यबाट कुनै सुविधा पाउने गरेका छैनन् ।