Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ग्यास सिलिण्डर कि बम सिलिण्डर?

०६ सोमबार , असार २०७३८ बर्ष अगाडि

 जेठ ७ गते र २९ गते एचपी ग्यास पड्किएर तीनजनाको मृत्यु भएपछि नापतौला तथा गुणस्तर विभागले भन्यो– नाकावन्दीका बेलामा पुराना, थोत्रा, खिया लागेका, कुच्चिएका र हाइड्रोलिक परीक्षण नगरिएका १० लाख सिलिण्डर ग्यास भरेर बेचिएकाले ती सिलिण्डर जुनसुकै बेला पड्किन सक्छ, कसैको पनि ज्यान लिनसक्छ।

मरे जनता मर्ने, मुनाफा व्यापारीलाई हुने। जनताको जीवनलाई जोखिममा पारेर यसरी पनि मुनाफा कमाउनु? उपभोक्ता संघको आपत्तिपूर्ण प्रश्न छ, तर व्यापारी सुन्दैनन्, सरकारले कुनै कारवाही पनि गर्न सक्दैन। किनभने पार्टीहरुले चन्दा लिएकाले ग्यास कम्पनीहरु कारवाही गरे आन्दोलन गर्ने धम्की दिइरहेका छन्। नापतौल विभागले भनेको छ– कुच्चिएको, क्यान नभएको, खिया लागेको सिलिण्डर भए तत्काल बाहिर राख्नु, प्रयोग नगर्नु। जानकारहरु भन्छन्– हाइड्रोलिक टेस्ट गर्ने मेसिन नै छैन। उद्योगहरु चलिरहेको सिलिण्डर चलाइरहन चाहन्छन्, मुनाफा तिनको उद्देश्य भएकाले आम

उपभोक्ताको जीवन संकटमा छ। ग्यास सिलिण्डर बम सिलिण्डर बनेको कारण जुनसुकै बेला मान्छे मर्न सक्छन्। ग्यास सम्बन्धमा नियम कानमा तेल हालेर बसेको छ। उपभोक्ता मञ्चले समेत सरकार र उद्यमीवीचको साँठगाँठका कारण उपभोक्ताहरु मारमा परेका हुन्।

सुगम, सिद्धार्थ, एचपी, एसटीसी, श्री, बाबा, श्रीराम, ओम, गीता, श्रीमाया, तारा, नमस्ते, भानु, त्रिवेणी, हिमाल, सौर्य, उग्रचण्डी र सागर, लुम्बिनी, कोशी, जानकी, एचपी, राजधानी, बाबा, साईबाबा, नारायणी, उग्रचण्डी, लोकप्रिय, सहारा, मारुती, मनोज, गृहलक्ष्मी र श्रीकृष्ण ग्यास उद्योगहरुमध्ये एचपी र सुगमका सिलिण्डर सबैभन्दा खतरनाक मानिएका छन्। ती उद्योगहरुले सरकारको निर्देशन र आचारसंहिता पालना गरेका छैनन्। एचपी ग्यास पड्किएर ३ जनाको मृत्य भएका कारण सरकारले बन्देज लगाउने निर्णय गर्दा सबै ग्यास उद्यमी लौ कारवाही गर त, आपूर्ति ठप्पै पारिदिन्छौं भनेर अपराधको पक्षमा उभिदा पनि सरकारले कुनै कारवाही गर्न सकेन।