Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

बधाई छ तिम्ल्याह डाक्टरको सोचलाई

०६ सोमबार , असार २०७३१० बर्ष अगाडि

कर्णालीको सेवा गर्न चाहने तिम्ल्याह डाक्टर हुन् यी। अरु डाक्टर विदेशिन्छन्। सहरमा बसेर सुविधाको जीवन र पैसा कमाउन चाहन्छन्। तर यी तिम्ल्याह डाक्छर कर्णालीको सेवा गर्न चाहन्छन्। अहिलेको लूट लोकतन्त्रमा यस्ता सद्विचार भएका तिम्ल्याह डाक्टरले धेरैको आँखा खोलिदिएका छन्।

चितवन मूल भएका सौगात देवकोटा, सौजन देवकोटा र सौरज देवकोटाले नेपाल मेडिकल कलेजबाट एमवीवीएस पास गरेका छन्। यिनको लक्ष्य सर्जन बन्ने रहेको छ। यिनको जन्म २०४८ साल असोज ५ गते शिक्षण अस्पतालमै भएको थियो, डाक्टर पढे र अस्पतालकै सेवा दिन चाहिरहेका छन्, त्यो पनि कर्णालीजस्तो विकट क्षेत्रमा। डाक्टर बनेपछि तिम्ल्याह दाजुभाइको एउटै कुरा छ– 'हामीलाई केही गर्नकै लागि जन्माइएको हो, कर्णालीमा पुगेर सेवा दिन चाहन्छौं।' उनका बुबा शिवप्रसाद देवकोटाको पनि सोही चाहना छ। भन्छन्, 'मैले पैसा रिटर्न गरुन् भनेर पढाएको होइन, सेवा गरुन् भन्ने चाहना छ। विदेश पलायन हुन दिन्न।' अचम्म त के छ भने एसएलसीमा कान्छा, प्लस टुमा माइला र एमवीवीएसमा जेठ केही नम्बरले अब्बल देखिए। तर यी तिम्ल्याह देशकै अव्वल युवा सावित भएका छन्।