
नारी कलाकारहरुले सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध बोल्ने, नसहने बताएका छन् । अब खुलेर प्रतिवाद गरिन्छ, केही कलाकारले भनेका छन् ।
पहिले ऋचा शर्माले साइबर दुर्व्यवहारको विरुद्ध आवाज उठाइन् । समीक्षा अधिकारी, सुरक्षा पन्तले पनि आफू विरुद्ध अभद्र टिप्पणी गर्नेहरुविरुद्ध साइबर अपराधमा मुद्दा हाल्ने सम्मका आक्रोश पोखेका छन् । कतिपय दुव्र्यवहारका शब्दले वाण हान्नेहरुलाई खबरदार गरेर पछि तिनले सार्वजनिक माफी पनि मागेका छन् । माफी माग्दै पोष्टहरु हटाएका पनि छन् ।
टिकटक, म्युजिक भिडियोमा छाएकी प्रिज्मा खतिवडाले पनि सामाजिक सञ्जालमा आफूलाई अभद्र गाली गर्नेको नाम सार्वजनिक गरिन् । गायिका एलिना चौहान पनि यस्तो अभियानमा जोडिएकी छिन् । अमर्यादित टिप्पणी गर्नेहरु नारी सशक्तिकरण देखेर हच्किन थालेको देखिन्छ ।
कलाकारहरुको यो अभियानले सामाजिक सञ्जालको दुरुपयोगकर्ताहरुलाई राम्रो पाठ पढाउन थालेको छ ।