
संसदमा गणित हेर्ने, सत्तास्वार्थका लागि जस्तोसुकै अप्रिय र जन–राष्ट्रघाती निर्णय पनि गर्नसक्ने र खासगरी लाभका लागि नीति, नैतिकता र आचरण गुमाएर राजनीतिक अपराधिकरणमा रमाउने यी तीन नेता गणित हेर्ने, आफै गनाएको थाहा नपाउने जस्ता छन् । एमाले र कांग्रेसको सरकार छ, प्रतिपक्षी माओवादी सत्तासँग मिलेको देखिन्छ ।
सरकार सँसदीय गणितमा निश्चिन्त छ तर राष्ट्रका सामु गम्भिर चुनौतिहरू सामना गर्न, बढदो बाह्य दवाब र घटनाक्रमको संकेत सम्बोधन गर्न सचेत र सक्रिय पटक्कै देखिन्न । भूराजनीतिक चुनौतिलाई नेताहरूले चिन्नै सकेनन् ।
बजेट आयो, विदेशी सहयोग झन झन घटेर गएको छ । अमेरिकाले सहायता रोक्यो र युरोपियनले आफनै सुरक्षा आवश्यकता र आर्थिक दवाबको भारका कारण सहयोग दिने अवस्था छैन । युद्ध र शान्तिको महामारीको थप समस्या विश्वभरि फैलिएको छ । वैदेसिक सहायताको मूल सुक्दैछ, राष्ट्रको घाँटी रसाउने कसरी ? नेपालले भारत र चीनलाई हेर्ने आर्थिक, राजनीतिक र कूटनीतिक क्षमता पनि गुमाउँदै गएको स्थितिले नेपालमाथि धान्नै नसकिने समस्या बढ्दैछन् । सत्ता र शक्तिका लागि गणित हेर्ने, आफै गनाएको चाल नपाउने, कस्तो गणतन्त्र यो ?