
अमेरिकाले इरानमाथि गरेको आक्रमणविरूद्ध र इरान इजरायल युद्धमा शान्तिवार्ताको माग गर्ने वामपन्थी नेताहरूको असार ८ को बैठकको निर्णय उम्लिएपछि पोखिएको छ ।
वामपन्थीहरूले असार ११ गते माइतीघरमा वाम एकताको शक्ति देखाउने र अमेरिकाको इरानमाथिको आक्रमणविरूद्ध प्रदर्शन गर्ने सहमति बनेको थियो । यो सहमतिको विषयमा देव गुरूङले प्रचण्डलाई जानकारी गराएपछि गोष्ठी, अन्तरकृयासम्म गरौं, प्रदर्शन नै चाहिं नगरौं भनेपछि मच्चिएको बाम प्रदर्शनको डोरी थच्चिन पुग्यो भनेर एक वामनेताले जानकारी दिएका छन् । यसर प्रचण्डले प्रदर्शन नगर्ने भन्ने विषयमा देउवा र केपी ओलीवीचसमेत टेलिफोन कुरा भएपछि निर्णय भएको पनि उनले बताए ।
अधिकांश माओवादी नेताले एमसीसी संसदबाट पास गर्नुपूर्व सडकमा आगोबालेका थिए । ठूलै प्रदर्शनहरू भएका थिए । पछि एकाएक गायत्री मन्त्री प्राप्त भएपछि प्रदर्शन नगर्न जनाउ दिइयो, प्रदर्शनकारी घर घर फर्किए, माओवादीले संसदबाट व्याख्याको आवरणमा एमसीसी पास गरेका थिए । नेपाली राजनीतिमा कुन बेला कुनखालको यू टर्न आउँछ भन्न सकिने अवस्था छैन । किनकि स्वराज छैन, लोकतान्त्रिक गणतन्त्रको साइनबोर्ड झुण्ड्याएरमात्र के हुन्छ । कसको आन्द्रा कता जोडिएको छ, कसले कसरी खेल्छ, निर्णय गर्छ भन्नै सकिन्न ।
भनिन्छ, दक्षिण एसिया विशेषज्ञ अमेरिकी राजदूतको प्रभावमा परेर नेपालका कम्युनिष्टहरूले यू टर्न लिएका हुन् । विप्लवजस्ता क्रान्तिकारी समेत भ्रान्तिकारी हुनपुगेका छन् । यसकारण अब छिटै कम्युनिष्टहरूले पार्टीको नाम बदल्नुपर्ने सुझाव केही विश्लेषकहरूले दिएका छन् । नेपाली कम्युनिष्टहरूको राजनीति राजतन्त्रको चर्को बिरोध र संघीय गणतन्त्रको कुरा गरेर कतिदिन चल्ला ?