Advertisement Banner
Advertisement Banner

२१ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

०४ बुधबार , असार २०८२१७ दिन अगाडि

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

प्रभु बैक लिमिटेड र छिमेक लधुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री खुल्ला गरेको छ ।

प्रभु बैक लिमिटेडको ९,८८२ कित्ता सेयर र छिमेक लधुवित्त वित्तिय संस्थाको २,४४,४८० कित्ता शेयर बिक्रीका लागी आज बाट सिलबन्दी बोलपत्र खुला गरेको हो ।

कम्पनीले बोलकबोल माध्यम बाट प्रभु बैक लिमिटेडको शेयरको न्यूनतम मूल्य प्रति कित्ता रु १०० र छिमेक लधुवित्त वित्तिय संस्थाको लागि शेयरको न्यूनतम मूल्य प्रति कित्ता रु ३९० तोकेको छ ।

शेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैक लिमिटेडको न्यूनतम १,००० कित्ताको लागि र छिमेक लधुवित्त वित्तिय संस्थाको लागि न्यूनतम ५०,००० कित्ताको लागि आवेदन दिनुपर्ने छ ।

आवेदन आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ । शेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघ/संस्था ,कम्पनी भएमा दर्ता प्रमाणपत्र कर चुक्ता प्रमाणपत्रशेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।