Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भूमिहीनलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान

३१ शुक्रबार , जेठ २०८२एक बर्ष अगाडि

भूमिहीनलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरिएको छ । भूमि समस्या समाधान आयोगले एक सूचना निकालेर देशभरका विभिन्न ५३ जिल्लाका स्थानीय तह नै तोकेर भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको हो ।

कोशी प्रदेशका १२, मधेशका आठ, बागमतीका नौ, गण्डकीका सात, लुम्बिनीका ६, कर्णालीका ६ र सुदूरपश्चिमका पाँच जिल्लाका भमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग निवेदन मागिएको छ । आगामी ३५ दिनभित्र सम्बन्धित स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत निवेदन बुझाउन आयोगले आग्रह गरेको छ ।

सूचनामा उल्लेख छ, ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउनको लागि आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी जेठ २९ गतेदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरुमा खटिएका लगत संकलकमार्फत् निवेदन पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।’