Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पूर्वप्रमुख प्रशासकीय अधिकृत सहित सात जनाउपर भ्रष्टाचार मुद्दा

२९ बुधबार , जेठ २०८२८ महिना अगाडि

पूर्वप्रमुख प्रशासकीय अधिकृत सहित सात जनाउपर भ्रष्टाचार मुद्दा

सूचना तथा प्रसारण विभागका महानिर्देशक एवं काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । महानगरमा हुँदा ढल निर्माण कार्यको ठेक्कामा अनियमितता गरेको आरोपमा उनीसहित सात जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा चलाएको हो ।

मुद्दा चलाइएकामा महानगरका निर्देशकहरु रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जर्नादन गिरी छन् । सामाखुशी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसममको ढल निर्माण कार्यको ठेक्कामा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत परियारसहितको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार सबैभन्दा कम अंक १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ कबोल गर्ने निर्णय व्यवसायी समानन्तर सेवा प्रालिलाई अयोग्य ठहर गरी कल्पवृक्ष–कोहिनुर जेभीलाई २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँमा ठेक्का दिइएको भेटिएको छ ।

आफ्नो पदको दुरुपयोग गरेर महानगर तथा सार्वजनिक संस्थाको सम्पत्तिमा बदनियतपूर्वक हानिनोक्सानी पुर्याएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम चार करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गर्दै अख्तियारले उनीहरुमाथि कैद र जरिवाना हुन मागदाबी गरेको छ ।