Advertisement Banner
Advertisement Banner

०७ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

कोभिड सङ्क्रमित फेला पर्न थालेपछि सीमानाकामा कडाइ

२८ मंगलबार , जेठ २०८२११ दिन अगाडि

कोभिड सङ्क्रमित फेला पर्न थालेपछि सीमानाकामा कडाइ

छिमेकी राष्ट्र भारत र नेपालकाे सुदूरपश्चिम प्रदेशमा कोभिड सङ्क्रमित फेला पर्न थालेपछि सतर्कता बढाइएको छ । सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा निगरानी सहित सतर्कता अपनाइएकाे हाे ।

झापा जिल्लाले सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच प्रणालीलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हाे ।

सम्भावित सङ्क्रमणको जाेखिमलाई मध्यनजर गर्दै  क्वारेन्टाइन व्यवस्थापन, जनचेतना कार्यक्रम सञ्चालन गर्न र अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । त्यस्तै स्वास्थ्य कार्यालयले सङ्क्रमणबाट जोगिन मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन, भीडभाडमा नजानेलगायत सावधानीका उपाय अपनाउन समेत सबैलाई आग्रह गरेको छ ।