Advertisement Banner
Advertisement Banner

११ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

वैदेशिक राेजगारिकाे प्रलाेभनमा पारि ठगी गर्ने दुईजना पक्राउ

२८ मंगलबार , जेठ २०८२७ महिना अगाडि

वैदेशिक राेजगारिकाे प्रलाेभनमा पारि ठगी गर्ने  दुईजना पक्राउ

वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भनि ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेकाे हाे ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ठगी गरेको आरोपमा मोरङको रतुवामाइ नगरपालिका- १०, का लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका- १२, का अरुणराज शर्मालाई गएकाे आइतबार पक्राउ गरेको हो ।

बेलायत पठाइदिने भन्दै ३८ जनाबाट उक्त रकम ठगी गरेकाे प्रहरीले जनाएकाे छ । अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको बताइएकाे छ ।