
वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भनि ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेकाे हाे ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ठगी गरेको आरोपमा मोरङको रतुवामाइ नगरपालिका- १०, का लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका- १२, का अरुणराज शर्मालाई गएकाे आइतबार पक्राउ गरेको हो ।
बेलायत पठाइदिने भन्दै ३८ जनाबाट उक्त रकम ठगी गरेकाे प्रहरीले जनाएकाे छ । अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको बताइएकाे छ ।