Advertisement Banner
Advertisement Banner

०७ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

चितुवाको आक्रमणबाट बालककाे मृत्यु

२८ मंगलबार , जेठ २०८२११ दिन अगाडि

चितुवाको आक्रमणबाट बालककाे मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट पाँच वर्षीय बालककाे मृत्यु भएकाे छ । हिँजाे साँझ चितुवाले आक्रमण गर्दा  बन्दिपुर–२ कुवादी कामिडाडामा पाँच वर्षीय उत्सव गुरुङको मृत्यु भएको हाे ।

घरको आँगनमा खेली रहेकाे बेला घर नजिकैको मकैबारीबाट एक्कासी आएको चितुवाले गुरुङलाई आक्रमण गर्दा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चितुवाले चिथोरेर भागेपछि गम्भिर घाइते गुरुङलाई उपचारको लागि बन्दिपुर अस्पताल लगिएकोमा अस्पतालले बालक गुरुङको मृत्यु भएको पुष्टि गरेको हो ।

बालकको मत्युपछि बुबा दलबहादुर र आमा लगायतका आफन्त अर्धचेत अवस्थामा रहेकाे बताइएकाे छ । २०७४ सालपछि अहिलेसम्म गुरुङसहित १७ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाइसकेका छन् ।