
काठमाडौं महानगरपालिकाले सडकमा गाडी रोकेर सामान बेच्ने सवारी साधनलाई कारबाही गरेको छ । वडा नम्बर १५, स्वयम्भूस्थित सवारी आवागमन तथा पैदल यात्रुलाई असहज हुनेगरी सडकमा गाडी रोकेर सामान बेच्ने तीन सवारी साधन कारबाहीमा परेका हुन् ।
महानगर प्रहरी बलले ती सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना तिराएको छ । महानगरका अनुसार १५ हजारका दरले तीन सवारी साधनलाई ४५ हजार रुपैयाँ जरिवाना तिराइएको छ । सडक पेटी ओगटेर सामान बेच्ने सवारी साधन तथा व्यापारीहरुलाई महानगरले कारबाही गर्दै आएको छ ।