Advertisement Banner
Advertisement Banner

०७ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

पूर्वप्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाउपर मुद्दा दायर

२७ सोमबार , जेठ २०८२१२ दिन अगाडि

पूर्वप्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाउपर मुद्दा दायर

रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमारसहित पाँच जनाउपर भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सूचना नै ननिकाली भुक्तानी दिएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

मुद्दा चलाइएकामा नगरपालिकाका तत्कालिन सह–लेखापाल नविनकुमार यादव, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल, प्रतिनिधि ओमप्रकाश यादव र जनसवाल पब्लिकेशनका सम्पादक रामजी बगाले छन् ।

आर्थिक वर्ष २०७८–०७९ मा नगरभित्रका कृषकलाई स्प्रे टंकी औषधी वितरण गर्न खरिद प्रक्रिया अघि बढाइएको थियो । त्यसका लागि तराई पोष्ट र जनसवालमा सूचना प्रकाशन गरिएको भनिएपनि ननिकालेको पाइएको हो ।

अख्तियारका अनुसार उनीहरुको मिलेमतोमा सूचना नै प्रकाशित नगरी नक्कली पत्रिकाका आधारमा भुक्तानी दिएको भेटिएको छ ।

अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम दुई लाख १२ हजार २२५ रुपैयाँ बिगो कायम गरी उनीहरुलाई कैद र जरिवाना हुन मागदाबी लिइएको छ ।