Advertisement Banner
Advertisement Banner

०७ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

अमेरिकाले डिपोर्ट गरेका नेपालीहरु काठमाडौं आइपुगे

२७ सोमबार , जेठ २०८२१२ दिन अगाडि

अमेरिकाले डिपोर्ट गरेका नेपालीहरु काठमाडौं आइपुगे

अमेरिकाले डिपोर्ट गरेका नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनिहरू हिँजाे राति काठमाडाैँकाे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।

अमेरिकाले डिपोर्ट गरेकाे ३७ जना नेपालीहरू काठमाडौं आइपुगेका हुन् । अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीलाई अमेरिकाले चार्टर्ड विमानमार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ल्याएर छोडेको हो ।

अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपालीलाई डिपोर्ट गरेकाे हाे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ ।

अमेरिकाले भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई नियन्त्रणमा लिएर आफ्नै देश फर्काउदै आएकाे छ ।