
जुम्लामा हिमानी ट्रस्टले निर्माण गर्न लागेकाे सुत्केरी सेवा केन्द्रको शिलान्यास गरिएको छ । उक्त ट्रस्टकाे पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले शिलान्यास गरेका हुन् ।
हिमानी ट्रस्टले जुम्ला जिल्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसांघामा सुत्केरी सेवा केन्द्रको बनाउन लागेकाे हाे । सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि शनिवार पूर्वयुवराज्ञी शाह र छोरा हृदयेन्द्र जुम्ला पुगेका थिए ।
जुम्ला विमानस्थलमा स्थानीयवासीले हिमानी र हृदयेन्द्रलाइ भव्य स्वागत गरेका थिए । उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउनका लागि हिमानी ट्रस्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो ।