Advertisement Banner
Advertisement Banner

२५ शनिबार, जेठ २०८२30th May 2025, 11:39:34 am

बेपत्ता गोताखोरको शुक्रबार बिहान बाट खोजी शुरु

२४ शुक्रबार , जेठ २०८२एक दिन अगाडि

बेपत्ता गोताखोरको शुक्रबार बिहान बाट खोजी शुरु

सप्तकोशि नदिमा बेपत्ता गोताखोरको शुक्रबार बिहानै बाट खोजी कार्य शुरु भएको छ ।
      सप्तरी, हनुमान नगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य बिपद्को पूर्व तयारी स्वरुप प्रदेश स्तरिय विपद् सेमुलेशन अभ्यासको लागि सशस्त्र प्रहरी बल नेपाल नं। ६ गण सप्तरी, दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरी  र नम्वर ७ गण सिरहाबाट सहित संयुक्त टोलीद्धारा बिहिबार ०७ः४५ बजे अभ्यास शुरु भएको थियो ।
     सो क्रममा दिउँसो  १५ः१० बजे नं। १ श्रीअन्तु  गण ईलाम दरवन्दी भई दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजबंशी र नम्वर १३ गण पर्सा दरबन्दी भई नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद कोशी नदिमा बेपत्ता भएका छन् । उनिहरुको खोजी कार्यलाइ तिब्रता दिइएको छ । शुक्रबार बिहान  दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपि बिजय हमालको कमान्डमा ४ जना गोताखोर सहित ३५ जना र नं। ६ गण सप्तरी बाट बिपद् ब्यबस्थापन तालिम प्राप्त सहित डिएसपि बिपिन देशारको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको छ ।
     थप खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार  बाट गोताखोरका अनुभबी प्रशिक्षक डिएसपी पुरुषोत्तम भन्डारीको कमान्डमा ५ जना गोताखोरलाइ बिहिबार राती  १०ः४५ बजे त्यस तर्फ पठाइएको छ । २०६९ सालमा बंगलादेश बाट गोताखोर तालिम लिएका भन्डारी त्यस यता नेपालमा संचालित गोताखोर तालिमका प्रशिक्षक हुन् । उनले घटनास्थल, पानीको बहाब र अन्य कुरा फिल्डमानै नहेरि भन्न नसकिने बताएका छन् । यो तालिम नभइ मनसुनजन्य बिपद् उद्दारको पुर्ब तयारी स्वरुप गरिएको सिमुलेसन  अभ्यास हो । यस प्रकारका अभ्यास अहिले देश भरिनै भइरहेका छ्न् । बेपत्ता भएका  उनिहरु दुबै जनाले २०८० र ८१ सालमा गोताखोर तालिम पूरा गरेका हुन्, त्यस पछि उद्दारका लागि  विभिन्न ठाउंमा खटिएका थिए तर उनिहरु गोताखोर प्रशिक्षक होइनन् र हिजो भएको पनि प्रशिक्षण नभइ ३÷४ दिनको उद्दार अभ्यास हो ।