Advertisement Banner
Advertisement Banner

२५ शनिबार, जेठ २०८२30th May 2025, 11:39:34 am

देशभरिका उपप्रमुख विराटनगरमा

२४ शुक्रबार , जेठ २०८२एक दिन अगाडि

देशभरिका उपप्रमुख विराटनगरमा

देशभरिका स्थानीय तहका उपप्रमुख र कोशी प्रदेशका सम्पूर्ण पालिकाका उपाध्यक्षको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा शुरु हुँदैछ । अहिले बिहान १० बजे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट उदघाटन हुने राष्ट्रिय सम्मेलनमा देशभरिका उपप्रमुख तथा उपाध्यक्षहरुको काम, कर्तव्य र जिम्मेवारीका बारेमा छलफल हुनेछ ।

देशभरिका महानगर, उपमहानगर र नगरपालिकाका उपप्रमुख तथा कोशी प्रदेशका सम्पूर्ण पालिकाका उपाध्यक्ष सहभागी हुने सम्मेलनको उद्घाटनका लागि पूर्वराष्ट्रपति भण्डारीले हिजै विराटनगर पुगिसकेकी छन् ।

विराटनगर महानगरपालिकाको आयोजनामा आजदेखि सुरू हुन लागेकाे सम्मेलन दुई दिनसम्म चल्ने छ । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा कार्कीका अनुसार सम्मेलनमा कानुनले दिएको अधिकार र कार्यान्वयनमा चुनौतीलगायतको वियषमा कतिपय पालिकाका उपप्रमुख र उपाध्यक्षहरु अझै पनि आफ्नो काम, कर्तव्य र जिम्मेवारीका सम्बन्धमा प्रष्ट नभएकाले त्यस सम्बन्धमा छलफल गर्दै प्रष्ट पार्न सम्मेलन आयोजना गरिएको बताइएकाे छ ।

उपप्रमुख र कोशी प्रदेशका सम्पूर्ण पालिकाका उपाध्यक्षको राष्ट्रिय सम्मेलनले कानुनमा नितीगत सुधार गर्नुपर्ने र संशोधन गर्नुपर्ने कु्राहरु के छन् ती सबै विषय समेटेर एउटा घोषणपत्र तयार गर्ने समेत बताइएकाे छ ।