Advertisement Banner
Advertisement Banner

२५ शनिबार, जेठ २०८२30th May 2025, 11:39:34 am

युएइ जाने कामदारकाे न्यूनतम तलब एक हजार दिराम

२४ शुक्रबार , जेठ २०८२एक दिन अगाडि

युएइ जाने कामदारकाे न्यूनतम तलब एक हजार दिराम

वैदेशिक राेजगारिका लागि संयुक्त अरब इमिरेट्स (युएइ) जाने कामदारका लागि न्यूनतम तलब एक हजार दिराम निर्धारण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारकाे न्यूनतम तलब एक हजार दिराम निर्धारण गरेको हाे ।

युएईस्थिति नेपाली दूतावासको सुझावमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बजारको अवस्था हरेर तलब निर्धारण गरेको बताउँदै नेपाली कामदारकाे न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताइएकाे छ ।

मन्त्रीस्तरीय निर्णय अनुसार तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने र न्यूनतम तलब सुविधा एक हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणिकरण नहुने समेत बताइएकाे छ ।

यसअघि युएई जाने कामदारको हकमा पहिले आठ सय, एक हजार र एक हजार दुई सय दिराम तलबको अनुपात लागू भएकाेमा अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम एक हजार, एक हजार दुई सय र एक हजार पाँच सय दिराम तलब निर्धारण गरिएको मन्त्री भण्डारीले बताएका छन् ।