
अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र हङकङ बराबारीमा राेकिएकाे छ । हिँजाे साँझ भएकाे खेलमा नेपाल र हङकङले गोलरहित बराबरी खेलेका हुन् ।
हङकङकाे घरेलु मैदानमा भएको खेलमा नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दा हङकङले गोल गर्न असफल भएको थियाे । इन्जुरी समयको अन्तिम तीन मिनेट मणि कुमार लामाले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित रहेकाे नेपालले हङकङ विरद्ध गोलरहित बराबरी खेलेकाे हाे ।
एएफसी एसियन कप छनोटको तयारीस्वरुप हङकङसँग नेपालले मैत्रीपूर्ण खेल खेलेको हो । यसअघिकाे खेलमा नेपाल मलेसियासँग २-० हार ब्यहाेरेकाे थियो । नेपालले १० जुनमा लाओससँग खेल्दै छनोटको शुरुवात गर्नेछ भने एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ ।