Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

तीन राजदूतलाई थप जिम्मेवारी

२३ बिहिबार , जेठ २०८२एक बर्ष अगाडि

तीन राजदूतलाई थप जिम्मेवारी

राष्ट्रपति रामचन्द्र पौडेलले तीन मुलुकमा रहेका नेपाली राजदूतलाई थप जिम्मेवारी तोक्नुभएको छ । उहाँले ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले, कतारका रमेशचन्द्र पौडेल र श्रींलकाका पूर्णबहादुर नेपालीलाई थप जिम्मेवारी तोक्नुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार राजदूत काफ्लेलाई पेरु, पौडेललाई इरान र नेपालीलाई माल्दिभ्सका लागि नेपालको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ ।

कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पेरुका लागि, कतार राज्यका लागि नेपालका आवासीय राजदूत रमेशचन्द्र पौडेललाई गणतन्त्र इरानका लागि र श्रीलङ्काका लागि नेपालका आवासीय राजदूत पूर्णबहादुर नेपालीलाई गणतन्त्र मालदिभ्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’