Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मेडिकल स्पेसियालिटिज बोर्डको निर्देशकका लागि दरखास्त आह्वान

२३ बिहिबार , जेठ २०८२एक बर्ष अगाडि

मेडिकल स्पेसियालिटिज बोर्डको निर्देशकका लागि दरखास्त आह्वान

चिकित्सा शिक्षा आयोगको नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज बोर्डमा रिक्त निर्देशक नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको छ । निर्देशक पदमा नाम सिफारिस गर्न गठित समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

सिफारिस समितिको कार्यसम्पदानसम्बन्धी कार्यविधि, २०७२ बमोजिम दरखास्त आह्वान गरिएको छ । समितिले योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी सात दिनभित्र आवेदन पेश गर्न भनेको छ ।

आवेदनका साथ सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव खुल्ने सम्पूर्ण विवरण तथा प्रमाणसँगै चिकित्सा शिक्षासम्बन्धी कुनै पनि शिक्षण संस्थाको सञ्चालक समितिमा नरहेको, लगानीकर्ता वा शेयरहोल्डर नभएको, चिकित्सा शिक्षा आयोगसँग कुनै किसिमको स्वार्थ नभएको स्वघोषणा पनि गर्नुपर्ने छ ।