Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राजावादी आन्दोलन स्थान सार्न विद्यालयको अनुरोध

२२ बुधबार , जेठ २०८२एक बर्ष अगाडि

राजावादी आन्दोलन स्थान सार्न विद्यालयको अनुरोध

काठमाडौं महानगरपालिका वडा नम्बर ७, सिफलमा रहेको बाल व्यवसायी माध्यमिक विद्यालयले राजावादी आन्दोलनको स्थान अन्यत्र सार्न माग गर्दै स्थानीय प्रशासनलाई पत्र लेखेको छ ।

राजावादीहरुले सिफल चौरमा आन्दोलन गर्दा पठनपाठनमा समस्या निम्तिनुका साथै सुरक्षा चूनौतीसमेत देखिएको भन्दै विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाले पत्र पठाएका हुन् ।

विद्यालयमा विभिन्न खालका समावेशी विद्यार्थी अध्ययनरत रहेकोले बढी संवेदनशील हुनुपर्ने अवस्थामा यस्ता खालका गतिविधिले असर पुर्याएकोले आन्दोलन स्थान परिवर्तन गर्न पत्रमा माग गरिएको छ ।

भनिएको छ, ‘यस सामुदायिक विद्यालयमा विभिन्न खालका समावेशी विद्यालयहरु समेत अध्ययन गनेृ भएकोले बढी संवेदनशील हुनुपर्ने अवस्थामा यस्ता खालका गतिविधिहरु भइरहेको हुँदा तुरुन्त आन्दोलनको स्थान परिवर्तन गरी विद्यालय शन्तिक्षेत्र भएकाले विद्यार्थीहरुले शान्तपूर्वक अध्ययन गर्न पाउने बाल अधिकारलाई समेत मनन गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ ।’