Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

दुई विदेशीसहित तीन निर्माण कम्पनी कालोसूचीमा

२१ मंगलबार , जेठ २०८२८ महिना अगाडि

दुई विदेशीसहित तीन निर्माण कम्पनी कालोसूचीमा

दुई विदेशीसहित तीन निर्माण कम्पनी कालोसूचीमा परेका छन् । प्रतिबद्धताबमोजिम समयमै काम नगरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच एसएमएनएम जेभी र काठमाडौंस्थित शंकरमाली निर्माण सेवा छन् ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम मरुशिन र पीएच एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्षका लागि कालोसूचीमा राखेको कार्यालयले जनाएको छ ।

उक्त समयावधिभर यी निर्माण कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।