Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सार्वजनिक यातायात बन्द गर्नु गलत : मन्त्री दाहाल

२१ मंगलबार , जेठ २०८२८ महिना अगाडि

सार्वजनिक यातायात बन्द गर्नु गलत : मन्त्री दाहाल

सार्वजनिक यातायात बन्द गर्नु गलत भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बताएका छन् । मन्त्री दाहालले सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार यातायात सञ्चालन गर्नुपर्ने बताउदै सार्वजनिक यातायात सञ्चालन नगर्नु गलत भएको बताएका हुन् ।

हिँजो सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार यातायात सञ्चालन हुनुपर्ने भए पनि गण्डकी प्रदेशलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट औपचारिक पत्र गएपछि मात्र सेवा सञ्चालन हुने भन्दै व्यवसायीहरूले सार्वजनिक सवारी नचलाएकोप्रति मन्त्री दाहालले आपत्ति जनाएका हुन् ।

यता व्यवसायीहरूले सार्वजनिक सवारी अझै सञ्चालन गरेका छैनन् । व्यवसायीहरू सवारी ऐन, २०४९ को परिच्छेद २, दफा ८(२) र दफा १२(१) विपरीत संघीय कानुनसँग बाझिने नियम प्रदेशहरूले ल्याउन लागेकामा विरोध जनाउँदै आएका छन् ।

गण्डकी प्रदेश सरकारले २०८२ जेठ १ गते राजपत्रमा प्रकाशित गर्दै निजी सवारी (रातो नम्बर प्लेट) सञ्चालनसम्बन्धी नियमावली लागू गरेपछि व्यवसायीहरूले विरोध गर्दै आएका छन् । यता मन्त्री दाहालले प्रदेशको अधिकारको हनन हुने खालको कुनै सम्झौता संघीय सरकारले नगरेको स्पष्ट पार्दै, सार्वजनिक सवारीसाधनसम्बन्धी कानुन निर्माण अन्तिम चरणमा पुगेको र बाँकी विषयहरू विधेयकमार्फत समाधान गर्ने बताए ।