
अनिश्चित कालिन यातायात बन्दकाे घाेषणा गरेर आन्दोलनमा उत्रिएकाे सार्वजनिक यातायात व्यवसायी र सरकारबीचकाे वार्ता निष्कर्षविहीन बनेकाे छ । वार्ताको पहिलो चरणमा कुनै ठोस नतिजा निकाल्न नसकिएकाले वार्ता निष्कर्षविहीन बनेकाे हाे ।
आज सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन बनेकाे हाे । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले वार्ताको पहिलो चरणले कुनै ठोस नतिजा निकाल्न नसकेकाे बताएका छन् ।
महासचिव नेपालले गृहमन्त्रीसमक्ष संघीय कानुनसँग बाझिने गण्डकी प्रदेशको कानुन खारेज गर्नुपर्ने माग राखेकाे र उक्त मागकाे विषयमा गृहमन्त्रीले प्रदेश सरकारसँग छलफल गर्नुपर्ने बताएपछि आन्दोलन नरोक्ने निर्णय गरेकाे बताइएकाे छ ।
यता गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई वैधानिकता दिने कानुन ल्याएपछि सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिले देशभरका सार्वजनिक सवारी ग्यारेजमै थन्क्याउर आन्दोलनमा उत्रिन आग्रह गरेकाे थियाे । अनिश्चित कालिन यातायात बन्दकाे घाेषणा गरेर आन्दोलनमा उत्रिएपछि आम यात्रुहमा प्रत्यक्ष असर पारेको छ ।