Advertisement Banner
Advertisement Banner

२२ बुधबार, जेठ २०८२30th May 2025, 11:39:34 am

काठमाडौंमा प्रहरीकाे निशुल्क बस सञ्चालन

२० सोमबार , जेठ २०८२२ दिन अगाडि

काठमाडौंमा प्रहरीकाे निशुल्क बस सञ्चालन

काठमाडौं उपत्यकामा नेपाल प्रहरीले आफ्नै बस निशुल्क सञ्चालन गरेकाे छ । सार्वजनिक यातायात व्यवसायीहरूले आन्दोलनको क्रममा सवारी साधन सञ्चालनमा रोक लगाएपछि नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आफ्नै बस निशुल्क सञ्चालन गरेकाे हाे ।

सार्वजनिक यातायात व्यवसायीहरूले आन्दोलनको क्रममा सवारी साधन सञ्चालन रोकेपछि सर्वसाधारण गन्तव्यमा पुग्न कठिनाइ भइरहेकाे बेला प्रहरीले निशुल्क बस सञ्चालन गरेको बताइएकाे छ । यात्रुको असहजता कम गर्न प्रहरीले बस सञ्चालन गरेको हो ।

यात्रुहरूलाई आवश्यक गन्तव्यमा पुर्‍याउने उद्देश्यले दुईवटा बस सञ्चालनमा ल्याइएकाे प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाले जनाएका छन् । उनले सार्वजनिक सेवा नचल्दा नागरिकलाई अप्ठ्यारो नहोस् भन्ने सोचका साथ बस सञ्चालन गर्न लागेकाे समेत जनाएका छन् ।