Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नारायणहिटी राजदरबारमा हत्याको २४औँ स्मृति दिवस

२० सोमबार , जेठ २०८२८ महिना अगाडि

नारायणहिटी राजदरबारमा हत्याको २४औँ स्मृति दिवस

आज पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको हत्या भएकाे २४ वर्ष भएकाे छ । आजैका दिन २०५८ साल जेष्ठ १९ गते शुक्रबार राति नारायणहिटी राजदरबारमा पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारकाे हत्या भएकाे थियाे ।

नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रममा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । अर्ध मूर्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो ।

राजपरिवारको हत्याकाण्ड छानविनका लागि तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएकोमा समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन बुझाएकाे थियाे । 

पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी २४औँ स्मृति दिवस मनाउन लागिएकाे छ ।